
काठमाडौं । गएको पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको छ ।
पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो ।पाँच वर्षमा बर्दिया र २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो ।
दुबै निकुञ्जमा बाघ आक्रमणका घटना बढ्दै जाँदा मृत्यु हुनेको ङ्ख्या पनि बढेको हो । वन अतिक्रमण बढेको र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै जाँदा मानव र बन्यजन्तुबीच द्वन्द्व बढेको यस क्षेत्रको जानकार बताउँछन् ।
बाघ र मानवको द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न छ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ ।
सन् २०१८ मा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको संख्या ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेको तथ्याङक छ । सन् २०२२ मा गरिएको गणनामा सो संख्या उल्लेख्य रुपमा वृद्धि हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्