काठमाडौं, साउन २९ । नेपाल आयल निगम सबैभन्दा कमजोर संस्थानकारुपमा रहेको देखिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिले मन्त्रालयअन्तर्गत्का १८ ओटा निकायमध्ये आयल निगम कमजोर देखिएको जनाएको हो ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षामा ८० प्रतिशतभन्दा कम भौतिक प्रगति भएका निकायहरुमध्ये निगम सबैभन्दा अगाडि रहेको जनाइएको छ ।
यस्तै, ८० प्रतिशतभन्दा कम भौतिक प्रगति गरेका निकायहरुमा साल्ट ट्रेडिङको कन्ठरोग नियन्त्रण कार्यक्रम, ग्रामीण उद्यम आयोजना, केन्द्रीय कारागार कारखाना, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना छन् ।
यसैगरी, इन्टरमोडल यातायात विकास समिति, उद्योग विभाग, वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, सडक विभाग रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्