Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रुसका एक पत्रकारले आफ्नो नोबेल पुरस्कार १ करोड ३ लाख डलरमा बेच्ने

प्राप्त रकम युक्रेन युद्धमा परेका शरणार्थीलाई दिने मुराटोभकाे घोषणा

247
Shares

काठमाडौं । रुसका स्वतन्त्र पत्रकार दिमित्री मुराटोभले आफ्नो नोबेल शान्ति पुरस्कार १ करोड ३ लाख डलरमा बेच्नेका छन् ।

स्वतन्त्र पत्रिका नोभाया गजेटाका सम्पादक मुराटोभले नोबेल शान्ति पुरस्कारको पदक बिक्रीबाट प्राप्त हुने सबै रकम युक्रेन युद्धमा परेका शरणार्थीहरूलाई दिने घोषणा गरेका छन् । मुराटोभलाई रूसमा अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि २०२१ मा शान्ति पुरस्कारबाट सह–पुरस्कृत गरिएको थियो ।

नोभाया गजेटाले युक्रेनमा रुसको आक्रमणको लगत्तै गत मार्चमा आफ्नो सञ्चालन स्थगित गरेको थियो । युक्रेनमा आक्रमण नभई सैन्य कारबाही गरेको भन्दै आएको रुसले कारबाहीलाई “युद्ध“ भन्नेहरुलाई भारी जरिवाना गराउने वा बन्दको सामना गर्नुपर्ने बताएपछि उनको संचार गृह बन्द गरिएको थियो ।

नोबेल पुरस्कारको बिक्री सञ्चालन गर्ने हेरिटेज अक्सनले बिजेता बोलपत्रदाता को हो भन्ने खुलासा गरेको छैन् ।न्यूयोर्कमा स्वर्ण पदकको बिक्रीले युक्रेनका विस्थापित बालबालिकाका लागि युनिसेफको मानवीय प्रतिक्रियालाई फाइदा पुग्ने हेरिटेज अक्सनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।