Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


आमा–छोरी मृत भेटिए


0
Shares

तनहुँ, वैशाख १३ । तनहुँस्थित सेती नदी किनारमा आमा र छोरी मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा व्यास नगरपालिका–१, निर्मलनगरकी ३४ वर्षीया रबिना श्रेष्ठ र उनकी १० वर्षीया छोरी प्रिया श्रेष्ठ रहेका छन् ।

शनिबार रिसिङ गाउँपालिका–१, कोइदिम स्थित सेती नदीको किनारमा आमा रबिना र त्यसको करिब एक किलोमिटर तल छोरी प्रियाको शव नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुवैजनाको शव ‘पोस्टमार्टम’का लागि दमौली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।