Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


३५ नेपालीलाई नेपाल प्रवेश गराइयो, ३६ भारतीयलाई भारत पठाइयो


0
Shares

कपिलवस्तु, वैशाख १३ । कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ जना नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ ।

विगत २८ दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ‘क्वारेन्टाइन’मा बसेका उनीहरुलाई शनिबार ‘र्‍यापिड टेस्ट’ गरी नेपाल ल्याइएको हो ।

यता, कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ जना भारतीयलाई पनि भारत पठाइएको छ ।

दुवै देशको सुरक्षा निकायको समन्वयमा आवत–जावत गराइएको हो ।

नेपाल भित्रिएका अधिकांश दाङ, रुपन्देही र कपिलवस्तुका रहेका छन् ।

नेपाल प्रवश गरेका सबैको ‘आरडीटी नेगेटिभ’ देखिएपछि उनीहरुलाई घर पठाइएको छ ।