महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटुमा बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बसका सहचालक दोलखाको तामाकोशी–२ का बाबुराम विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
बा ३ ख ४०३६ नम्बरको बस हिजो राति काठमाडौंबाट उदयपुर जांदै थियो ।
उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३५ जनालाई जिल्ला लैजाने व्यवस्था गरेको थियो । बसका चालक फरार भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्