काठमाडौं । सामाजिक संजालवाट भ्रम फैलाएको अभियोगमा पक्राउ परेका नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय सरकारकै विज्ञ सल्लाहकार भएको खुलेको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट १२ भदौ २०७४ मा अवकाश पाएका उपाध्यायलाई सोही मन्त्रालयको विज्ञ सल्लाहकारका रुपमा मन्त्री स्तरीय निर्णयबाट नियुक्त गरिएको पाइएको हो ।
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको निर्णयवाट उनलाई मन्त्रालयको विज्ञ समूहमा नियुक्ति गरिएको मन्त्रालयको ८ भदौ २०७६ को पत्रमा उल्लेख छ ।
मन्त्री मगरले उपाध्यायसहित ५ जना पूर्व सचिवलाई विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरेको पत्रमा उल्लेख छ ।
पूर्व सचिव उपाध्यायमााथी हाल प्रहरी हिरासतमा राखेर अनुसधान भइरहेको छ ।
उनी पक्राउ परेपछि सरकारले आलोचना सहन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।
.jpg)









प्रतिक्रिया दिनुहोस्