तनहुँ, वैशाख १२ । तनहुँमा १० जना भारतीय नागरिकलाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।
बिहीबार राति बसबाट दमौली आएका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार क्वारेन्टाइनमा राखेको हो ।
कामको सिलसिलामा दमौली आइ बसोबास गर्दै आएका उनीहरु घर जाने भन्दै बुधबार बस चढेर गएको भएपनि कोसी व्यारेजमा पुगेपछि प्रहरीले उनीहरुलाई फर्काएको थियो । त्यसपछि उनीहरु १० जना नै दमौली फर्किएका थिए ।
उनीहरु सबैलाई व्यास नगरपालिका–४ मा रहेको मदरसा प्राथमिक विद्यालयलको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्