Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


१०० दिनपछि भेटियो अन्नपूर्ण आधारशिविरनजिक बेपत्ता एकजनाको शव


0
Shares

पोखरा, वैशाख १२ । कास्कीको अन्नपूर्ण आधारशिविरनजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ ।

हिउँपहिरोमा पुरिएका धादिङका मिमबहादुर तामाङको शव भेटिएको प्रहरीले जनाएको छ ।

गत माघ ३ गते अन्नपूर्ण आधारशिविरबाट फर्कंदै गर्दा नेपाली र विदेशीसहित सातजना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये नेपाली पर्यटकगाइड सरोज परियारको गत चैतमा शव भेटिएको थियो ।

अन्यको खोजी भइरहे पनि हिउँको थुप्रो बाक्लो भएकोले फुटाउन नसक्दा समस्या भइरहेको कास्की प्रहरीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।