३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


म्याग्दीका पाँच जलविद्युत् आयोजनाको निर्माण सुचारु, ५०० कामदार संलग्न


13
Shares

म्याग्दी, वैशाख ११ । ‘लकडाउन’का कारण बन्द भएका म्याग्दीका पाँच जलविद्युत् आयोजनाको निर्माण सुचारु भएको छ ।

विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरेर काम सुचारु गरिएको हो ।

४० मेगावाटको राहुघाट, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ३८ मेगावाटको निलगिरीखोला र ६२ मेगावाटको निलगिरी–२ आयोजनाको निर्माण सुरु भएको छ ।

निर्माणमा करिब ५०० कामदार संलग्न रहेको आयोजना प्रमुख गणेश केसीले बताए ।