३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


सर्लाहीमा ‘६ करोडको काँचो इँटा नस्ट’


0
Shares

सर्लाही, वैशाख १० । लगातार परेको वर्षाले सर्लाहीमा करोडौं मूल्य बराबरको काँचो इँटा नस्ट भएको छ ।

व्यवसायीले वर्षाका कारण ६ करोड रुपैयाँ बराबरको इँटा नस्ट भएको जनाएका छन् ।

इँटा व्यवसायी संघका जिल्ला अध्यक्ष मेथुर चौधरीले एउटै उद्योगमा ६ लाख रुपैयाँसम्मको इँट्टा नस्ट भएको जानकारी दिए ।

कोरोनाभाइरसको महामारीकाबीच सीमित कामदार खटाएर तयार पारेको  इँटा वर्षाले नस्ट गरेपछि व्यवसायी चिन्तित भएका छन् ।

इँटाको बिमा नहुँदा वर्षाले बिगारेको सबै इँटाको क्षति व्यवसायी आफैंले व्यहोर्नुपर्ने बाध्यता छ ।