३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


बारामा हावाहुरी र असिनाले ४५ करोड मूल्य बराबरको फलफूलमा क्षति


0
Shares

बारा, वैशाख ९ । बारामा हावाहुरी र असिनाले करिब ४५ करोड रुपैयाँ मूल्य बराबरको फलफूलमा क्षति पुगेको छ ।

केराखेतीको पकेट क्षेत्र मानिने निजगढमा केरा र अन्य क्षेत्रमा आँप, खरभुजालगायतका फलफूल नस्ट भएको हो ।

कृषि ज्ञान केन्द्र बाराकाअनुसार जिल्लामा २१ सय ९५ हेक्टरमा लगाइएको फलफूल खेतीमध्ये बढी केरा खेतीमा क्षति पुगेको छ ।

निजगढमा ११ सय बढी बिघामा केराखेती गरिएको छ ।