३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


इलामको चियामा संकट


0
Shares

इलाम, वैशाख ८ । कोरोनाभाइरस फैलिएका कारण इलामको चियामा संकट देखिएको छ ।

इलामको चिया प्रशोधन कारखानामा अहिलेपनि कामदारहरु डराइ–डराइ काम गरिरहेका छन् ।

किसानको मागमा कारखाना सञ्चालन गरेर चिया प्रशोधन गरिरहेको भएपनि बिक्री भने ठप्प रहेको कारखाना सञ्चालकहरुको भनाइ छ ।

नेपालको ९० प्रतिशत चिया बिक्री हुने भारतमा चियाका ‘सटर’ पहिले नै बन्द भइसकेका छन् ।

गत वर्षमात्रै नेपालले भारतलाई एक करोड ४५ लाख ४५ हजार २०५ किलो प्रशोधित चिया बिक्री गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

धेरै कारखानाले नेपालबाहेक भारतमा मात्रै चिया बिक्री गर्ने गरेकोले यतिबेला समस्या भएको हो ।

कारखानाले चिया नलिने हो भने किसानलाई हात–मुख जोड्नै समस्या हुने किसानहरुको भनाइ छ ।