३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सिन्धुलीमा पानी र असिनाले जुनार र मकै बाली नष्ट


0
Shares

सिन्धुली । हावाहुरीसँगै परेको पानी र असिनाले जुनार र मकै बाली नष्ट भएको छ ।

किसानहरुले करिव २५ हजार हेक्टर क्षेत्रमा लगाएको व्यावसायिक जुनार खेतीमा असिनाले क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

असिना पानीले गोलन्जोर गाउँपालिकाको रतनचुरा, तीनकन्या सुनकोसी गाउँपालिकाको मझुवा र कमलामाई नगरपालिकाको चपौलीका किसानहरुको जुनारलगायत मकै खेतीमा नोक्सान गरेको हो ।

आधा किलो तौलसम्मका असिनाहरु १५ मिनेटसम्म आकाशबाट खसेको किसानहरुले बताएका छन् । असिनाले घरपालुवा गाईवस्तुसमेत घाइते भएको जनाइएको छ ।

सिन्धुलीको प्रमुख नगदेबाली जुनारको व्यावसायिक खेती विस्तारका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ ।