Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


एलओडीका सन्चालक कैलाश कटुवालले वितरण गरे खाद्यन्न र पिपीई


0
Shares

काठमाडौं । काठमाडौंको  एलओडी क्लबले  कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पीपीई र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत एलओडीले कञ्चनपुर जिल्लाका लागि ५० थान पीपीई सेट खानेपानी मन्त्री विणा मगरलाई र कैलाली जिल्लाका लागि ५० थान पीपीई सेट उद्योगमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो ।

त्यसैगरी, एलओडीले काठमाडौं महानगरपालिका वडा नं २६ का सफाई कर्मचारीका लागि एक सय थान पीपीई सेट हस्तान्तरण गरेको छ ।

साथै, एलओडीले ठमेल क्षेत्रका करिब पाँच सय जनालाई खाद्यान्न प्याकेज वितरण गरेको छ । प्याकेजमा ५ केजी चामल, १ केजी दाल, १ केजी गेडागुडी, १ केजी आलु, १ केजी नुन र एक लिटर तेल समावेश छ ।

‘कोरोनाविरुद्ध सरकारको लडाइँमा थोरै सहयोग गर्न पाउँदा हामी हर्षित छौं । हामीलाई आशा छ हाम्रो यो सहयोगले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सफाइ कर्मचारीको सुरक्षामा मद्दत गर्नेछ,’ क्बल एलओडीका सञ्चालक कैलाश कटुवालले भने ।

उनले दिनरात समाचारमा खटेर सूचना प्रवाह गर्ने सन्चारकर्मीलाई समेत आवश्यक सहयोग गर्ने बताए ।