३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


रौतहटमा असिना–पानीले अन्नबालीमा क्षति


0
Shares

रौतहट, वैशाख ६ । रौतहटमा शुक्रबार रातिको हावाहुरी र असिना–पानीले अन्नबालीमा क्षति पुर्‍याएको छ ।

उत्पादन हुन लागेको सयौं बिघाको मकैलगायत अन्न र तरकारी बाली नस्ट हुँदा करोडौंको क्षति भएको हो ।

हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा बिजुलीको पोल भाँचिदा विद्युत् आपूर्तिमा समेत अवरोध भएको छ ।

चन्द्रपुर नगरपालिकाका बेतौना, बैजनाथपुर, सन्तपुर, मरधर, अल्टोकी, सिन्दुरेघारी नजरपुर, चेतनगर, मरिनटोललगायत जिल्लाका अधिकांश गाउँका स्थानीयको घर र किसानको अन्नबालीमा क्षति पुगेको छ ।

प्रहरी र जनप्रतिनिधिहरुले क्षतिको यकिन विवरण संकलन सुरु गरेका छन् ।