
काठमाडमैं । यो सिजनको इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न क्लबहरु सहमत भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको लिगका बाँकी खेलहरु सक्न क्लवहरु सहमत भएका हुन् ।
भिडियो कन्फरेन्समार्फत बसेको क्लबहरुको बैठकले सिजनको बाँकी खेलहरु सक्न सहमति जनाएका हुन् ।
कोरोनाको संक्रमण फैलन सक्ने भन्दै लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । गत मार्च १३ पछि लिगका कुनै पनि खेल भएको छैन ।
स्थगित लिग सक्न सहमत भएपनि क्लबले लिग सूचारु गर्ने मिति भने तय गर्न नसकेको बताइएको छ ।
यसअघि आगामी जुन ३० सम्म लिग सक्ने क्लबले योजना बनाएको थियो ।
तर कारोना भाइरस नियन्त्रण भएर सामान्य अवस्थामा नफर्केसम्म लिग सुचारु नगर्ने सहमतिमा पुगेको बताइएको छ । प्रिमियर लिगको नयाँ सिजन अगष्टमा सुरु हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्