काठमाडौं, साउन २८ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सुधारियो ।
बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लाग्यो । कारोबार भने खुम्चियो ।
नेप्से १० अंकले उकालो लागेर ११ सय ७४ पुग्यो । होटलबाहेक अरु सबै समूह हरियो रहे ।
जीवनबिमा समूह सबैभन्दा उच्च ११० अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूहमा ७५ अंकको वृद्धि आयो । विकास बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले बढ्दा अरु समूह भने सामान्य अंकले हरियोमात्र रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका ५ लाख ३३ हजार कित्ता सेयर जम्मा १७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्