काठमाडौं । वाईवाई ग्लोबल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणको आवेदन मंगलबारदेखि खुला गरिएको छ ।
मंगलबार काठमाडौमा ग्लोकल प्रालिले पत्रकार सम्मेलन गरी आवेदन खुला भएको जनाएको छ । किशोर–किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराई समाजमा उनीहरुले गर्दै आएको काम अरुमाझ चिनाउन प्रतियोगिता आयोजना गर्न लागेको ग्लोकल प्रालिले जनाएको छ ।
सन् २०१५ बाट नेपालमा सुरु भएको यस यो प्रतियोगितामा १३ देखि १९ वर्ष सम्मका किशोर–किशोरीहरुले सहभागिता जनाउन सक्ने छन् । समाजसेवा, पत्रकारिता, उद्यमशीलता एवं सामाजिक रुपान्तरणका कार्यमा संलग्न प्रतिभाहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् ।
ग्लोकोटिनहिरो डटकममार्फत आगामी जुलाई ३१ सम्म निःशुल्क आवेदन फर्म भर्न सक्ने आयोजक ग्लोकल प्रालिले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्