Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


कुनै ठोस कार्यक्रमबिनाको बजेट : सांसद दाहाल


117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनुभयो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घटदो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम बजेटमा नभएको उल्लेख गर्नुभयो ।

सांसद दाहालले बजेटले वैदेशिक मुद्राको संचिति, आन्तरिक सन्तुलनमा पनि ध्यान दिन नसकेको बताउनुभयो ।

सांसद दाहालले कर्जा प्रवाहले उत्पादकत्व नबढाएको उल्लेख गर्दै त्यसको प्रयोगबारे अनुसन्धान गर्ने कार्यक्रम समेत बजेटमा समावेश नगरिएको बताउनुभयो ।