Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


कृषि उत्पादन बढाउन प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइने


52
Shares

काठमाडौं । सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताउनु भएको हो ।

उहाँले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय संयन्त्र उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यसैगरी बजेटमा कृषकहरुलाई सहज र सरल रुपमा विउ, मल, प्रविधि, सिँचाई सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि विमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित बस्तुको मूल्य निर्धारण गर्ने पनि उल्लेख गरिएको छ ।