Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


धरानमा सकियो साकेला


143
Shares

सुनसरी । किरात राईहरूको महान चाड उभौली पर्व धरानको सप्तरंगी पार्कमा भव्य रूपमा साकेला नाचेर समापन गरिएको छ ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा गरिएको साकेला सिली प्रर्दशनमा सुनसरी, मोरङ, धनकुटा, खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्लाबाट २० हजार भन्दा बढि किरात राईहरू साकेला नाच्न उपस्थित भएका थिए ।

हातमा चोरीको चम्मर, ढोल झ्याम्टा बजाउँदै किरात राईहरू गोलाकार भएर साकेला सिली प्रर्दशनी गरे । विभिन्न समूहमा भेला भएका किरात राईहरूको उपस्थितिले सप्तरंगी पार्क खचाखच भरिएको थियो ।

बुद्ध जयन्ती तथा फागु पूर्णिमाको दिनदेखि सुरु भएको सोकला नाच शनिबार प्रदेश १ का मुख्यमन्त्रीको प्रमुख आथित्यतामा र प्रदेश १ का सभामुख प्रदिप भण्डारी, धरानका मेयर हर्कराज राईको विशेष आथित्यतामा सम्पन्न भएको छ ।

पन्ध्रदिनदेखि सुनसरीका विभिन्न स्थानमा साकेला नाचेर सबै किरात राईहरू अनिवार्य उपस्थित भएर गोलाकार भएर पितृको स्मरण गर्दै साकेला नाचलाई सप्तरंगी पार्कमा आएर समापन गरिएको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईले बताउनुभयो ।

किरात राईहरूका साकेला थान, तथा विभिन्न चौर तथा आगनहरुमा यूवायुवती, वृद्धवृद्धा तथा नाताकुटुम्बहरू भेला भएर गोलाकार घेरामा बाधिएर पितृको सम्झना गर्दै, भूमीको पूजा गर्दै, अनिष्टबाट बचाउँन कुलदेवतालाई भाकल गर्दै शिली र ढोल, झयाम्टाको धुनमा साकेला नाच्ने गरिएको उहाँले बताउनुभयो ।