२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारमाथि असन्तुलित र छद्मवेशी नीति सञ्चालन गरेको आरोप


104
Shares

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा आफ्नो धारणा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नेपालको संविधानले सुनिश्चित गरेको पञ्चशीलमा आधारित असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिविपरीत गठबन्धन सरकारले असन्तुलित र छद्मवेशी नीति सञ्चालन गरिरहेको आरोप लगाएको छ ।

एमाले बिहीबार संसद्मा गठबन्धन सरकारको परराष्ट्र नीति सञ्चालनमा असन्तुष्टि जनाउँदै नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन, लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा चिनियाँ परियोजना बीआरआईलगायत भारत, चीन तथा अमेरिकासँग जोडिएका विषयहरूमा सरकारसँग जवाफ मागेको छ ।

बिहान करिब ११ः१५ मा रोस्टममा पुगेर सभामुख अग्नि प्रसाद सापकोटासँग अस्वस्थताको कारण देखाउँदै बसेर बोल्ने अनुमति मागेर बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै तीन घण्टासम्म सरकारविरुद्ध आक्रोश पोख्नुभएको थियो ।उहाँले अमेरिकी विदेश उपमन्त्री उज्रा जियाले सरकारी स्कर्टिङमै तिब्बती शरणार्थी शिविरका साथै विभिन्न गुम्बा गएकोमा आपत्ति जनाउँदै भन्नुभयो–‘म नेपालकै हुम्लाको भूमि लिमा जाँदासमेत प्रशासनबाट अनुमति लिनुपर्ने, अमेरिकी मन्त्रीलाई शरणार्थी भेट्न चाहिँ कसले इजाजत दियो रु’ उहाँले चीनको नाम नलिकनै छिमेकीको संवदेनशीलता र मर्मलाई बेवास्ता नगर्न चेतावनी दिँदै यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सम्बोधनमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।