१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


728
Shares

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट मधुबन नगरपालिका २ कि ४७ वर्षिषा कौशिला पालको मृत्यु भएको छ ।

जनजगृती सामुदायिक वनमा मंगलबार बेलुकि बाख्रा चराउन गएको बेला पाललार्इ बाघले आक्रमण गरेको र उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघका कारण पटक पटक मानबिय क्षती भइरहेको भन्दै घाँस दाउरा तथा वस्तु भाउ चराउन जादा होसियारी अपनाउन यसअघि जिल्ला प्रहरी कार्यलय बर्दियाले सबैमा अनुरोध समेत गरेको थियो ।