Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बैतडीका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ


78
Shares

बैतडी । बैतडी जिल्लाका १० वटै स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सबै जनप्रतिनिधिले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीले दशरथचन्द नगरपालिका हलमा निर्वाचित पालिका प्रमुखहरुको शपथग्रहण गराउनुभएको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा एमालेका पुस्करराज जोशी, पाटनको मेयरमा नेपाली कांग्रेसका गौरीसिंह रावल, मेलौलीको मेयरमा माओवादी केन्द्रका भीमबहादुर चन्द र पुर्चौडीको मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम निर्वाचित भएका छन् ।

यस्तै, सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा एमालेकै चक्रबहादुर कार्की, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका सन्तोषप्रकाश जोशी, सिगास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी, शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउँद र पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द निर्वाचित हुनुभएको छ ।

पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।