२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


यी हुन् कांग्रेसको तर्फबाट सर्लाहीमा विजयी उम्मेदवारहरु


871
Shares

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाही जिल्लाबाट हालसम्म नेपाली कांग्रेसको तर्फबाट ६ जना वडा अध्यक्ष निर्वार्चित भएका छन् ।

निर्वार्चित हुनेमा मलंगवा नगरपालिका–१ को वडा अध्यक्षमा नबल यादव, पर्सा गाउँपालिका–१ को वडा अध्यक्षमा सत्येन्द्र यादव, धनकौल गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा गौरीशंकर महतो, हरिवन नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा टम बहादुर घिसिङ र वडा नं. २ का वडा अध्यक्षमा अर्जुन योञ्जन तथा हरिपुर्वा नगरपालिकाको वडा नं. १ को वडाअध्यक्षमा श्यामबाबु राय विजयी हुनु भएको छ ।

यी पालिकाको बाँकी वडा तथा अन्य पालिकाको मतगणना जारी रहेको छ ।