
काठमाडौं । रोल्पाकाे रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेकाे छ ।
मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ । नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २ हजार ९ सय ८७ मत प्राप्त गर्नुभएकाे छ । नेपाली कांग्रेसका शेरबहादुर थापाको पक्षमा २ हजार मत प्राप्त भएकाे छ ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गीता आचार्यले ३ हजार ३२ मत प्राप्त गर्नुभएकाे हाे । नेपाली कांग्रेसका पुष्पा श्रेष्ठको पक्षमा १ हजार ४ सय ४९ मत प्राप्त भएकाे छ । रोल्पा नगरपालिका वडा नं १ को अध्यक्षमा खुमबहादुर थापा निर्वाचित हुनुभएकाे छ । वडा नंं २ मा नेपाली कांग्रेसका उम्मेदवार दिउचन घर्तीमगरसँग मत बराबरी भएपछि गोलाप्रथामा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी निर्वाचित हुनुभएकाे हाे ।
वडा नं ४ मा नेपाली कांग्रेसका बेगमकुमार हमाललाई पराजित गर्दै नेकपा माओवादीका मित्रलाल गुरुङ निर्वाचित हुनुभएकाे हाे । वडा नं ५ मा टोपबहादुर नेपाली विजयी हुनुभएकाे छ ।
वडा नं ३ मा भने नेपाली काँग्रेसको वडाध्यक्षका उम्मेदवार राजकुमार पुरीले नेकपा माओवादी केन्द्रका भरत विष्टलाई पराजित गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्