Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


बक्स अफिसको सबै कारोबार करको दायरामा


0
Shares

काठमाडौं, साउन २७ । आन्तरिक राजस्व विभागका निर्देशक रमेश गौतमले सबै बक्स अफिसले नियमित लेखापरीक्षण गराउनुपर्ने र सबै कारोबार करको दायरमा आउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा गरेको चलचित्र उद्योगको कर सम्बन्धी छलफलमा उनले कारोबारको यथार्थ प्रस्तुतीकरण र नियमित लेखापरीक्षणका लागि सुझाव दिएका हुन् ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्रको क्षेत्रमा लगानी धेरै हुने तर लगानी फिर्ताको सुनिश्चितता नहुने भन्दै यस क्षेत्रमा बढाईएको करले चलचित्र व्यवसायीहरुलाई असहज भएको गुनासो गरे ।

चलचित्रकर्मीहरुले चलचित्रमा क्षेत्रको कर बृद्धिको गुनासो गरेका थिए ।