Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड


143
Shares

काठमाडौं । नेपाल टेलिकम चालु आर्थिक बर्षको चैत्र महिनासम्म ५ अर्ब ४३ करोड खुद नाफा कमाउन सफल भएको छ ।

टेलिकमको आ.व.२०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय अनुसार खुद नाफा केही घट्न पुगेको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा करिब ४५ करोड बरारबले कम हो ।

गत बर्षको चैत्रसम्म कम्पनी ५ अर्ब ८८ करोड रुपैयाँ बढी खुद नाफा गर्न सफल भएको थियो ।

कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी, कोभिड–१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी, अन्तरआवद्वता शुल्कमा कमी लगायतका कारणले मुनाफा घट्न गएको कम्पनीले जनाएको छ ।

कम्पनीको यस अवधिको कूल आय भने करिब ३ प्रतिशतले बढेर ३२ अर्व ५३ करोड पुगेको पनि कम्पनीले जनाएको छ ।