Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत


325
Shares

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका हुन् ।

गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, सर्वदलीय बैठक बसाल्ने, विभिन्न किसिमका निर्वाचन सूचना टाँस गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने, मतदानस्थमा मतदाता शिक्षा दिने जस्ता कार्यक्रम गर्ने जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुपकमागत अर्यालले जानकारी दिनुभयो ।

पाल्पाको १० वटा पालिकामा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन ४ वटै सुरक्षा निकायको व्यवस्थापन तथा खटन पटनलाई चुस्त दुरुस्त पारिएको छ ।

पाल्पामा १ सय १८ मतदान स्थलमध्ये ५७ वटा सामान्य, ४५ वटा संवेदनशील र १६ वटा अति संवेदनशील रहेका छन् ।