Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भोलि रातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

अनुमतिबिना सीमाबाट आवतजावत गर्न नपाइने

507
Shares

काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ।

स्थानीय तह निर्वाचनकाे सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो। मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ। मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र निर्वाचन प्रचार गर्न बन्देज लगाउने गरिन्छ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमतिबिना सीमाबाट आवतजावत गर्न नदिन निर्देशन दिएको जानकारी दिनुभयो।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन। भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ। अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ।

मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र चलाउन पाइनेछ।