२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


‘नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना’


299
Shares

काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपालमा थुप्रै सेफहरु उत्पादन भएपनि सबै क्षेत्रमा पुर्‍याउन नसकिएको बताउनुभयो ।

अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको बताउनुभयो । साहले सिद्धहस्त सेफहरुको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको बताउनुभयो ।

त्यस्तै सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने बताउनुभयो ।