Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


बैंक अफ काठमाण्डूले कास्कीको पावरहाउस चोकमा नयाँ शाखा खोल्यो


143
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिकाको वडा नम्बर ३० स्थित पावरहाउस चोकमा नयाँ शाखा खोलेको छ ।

उक्त शाखाको आज (शुक्रबार) एक समारोहकाबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा औपचारिक उद्घाटन गर्नुभयो ।

सो कार्यक्रममा बैंकका संचालक लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिनुभयो ।

यसैगरी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले बैंकको पावरहाउस क्षेत्रमा स्थापना भएको शाखाले स्थानीय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानीय सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखि सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको बताउनुभयो ।