Logo १२ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025


काँग्रेस महानगर समितिद्वारा मेयरमा नीलकाजी शाक्यको नाम सिफारिस


10.8k
Shares

काठमाडौ । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर पदको उम्मेदवारका लागि नीलकाजी शाक्य र उपमेयरमा शुशिला ढकालको नाम पहिलो नम्बरमा सिफारिस गर्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको पूर्ण बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि कांग्रेस महानगर समितिका सभापति समेत रहनु भएका शाक्य र उपसभापति रहनुभएकी ढकाललाई सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीको विधान अनुसार अन्य मेयर र उपमेयरका आकांक्षीहरूको नाम पछि सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ। साथै चुनाव सम्बन्धि बाँकी काम गर्ने अधिकार बैठकले पदाधिकारीलाई दिएको छ। बैठकले स्थानीय निर्वाचनमा महानगरपालिका भित्र तालमेलको आवश्यकता नरहेको निष्कर्ष समेत निकालेको छ। बैठकमा सहभागी सदस्यहरूले महानगरमा तालमेल विना कांग्रेस एक्लैले चुनाव लड्नु पर्ने सुझाव दिएका थिए।

कांग्रेसको विधान अनुसार मेयर पदको उम्मेदवारका लागि एक महिला सहित तीन जना तथा उपमेयरमा एक महिला सहित दुई जनाको नाम कार्यसमितिले माथिल्लो निकायमा सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।