
काठमाडौं, साउन २६ । सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित आकाशेपुलनजिक शुक्रबार राति बा५ख ५७७८ नम्बरको टिपर पछाडि ल्याउनेक्रममा पैदल हिँडिरहेका सप्तरी, राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारकाक्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्