काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिको लागि सघाउन उद्योगी व्यापारीहरुसँग आग्रह गरेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसँग आज बालुवाटारमा कुरा गर्दै उनले अर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र सँगै मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए ।
सरकारले लगानी मैत्री वातावरण बनाउने भन्दै ढुक्क भएर लगानी गर्न उनको आग्रह थियो ।
प्रविधिको आधुनिकीकरण र कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर उद्योगधन्दा खोल्नु पर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
नेपालमा रोजगारी सृजना गर्नका लागि गृहकार्य गरिरहेको भन्दै सरकार नयाँ नीतिकासाथ अगाडि बढ्ने प्रष्ट पारे ।
उनले उद्योगी र ब्यापारीका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए ।
नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सुरक्षित लगानीको बातावरण बनि नसकेको बताइन ।
व्यापार क्षेत्रमा भएको करबृद्धिका कारण व्यापार प्रभावित भएको भन्दै पुनर्विचार गर्न आग्रह गरिन ।
पछिल्लो समयमा व्यापार क्षेत्रमा मन्दी आएको भन्दै राणाले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि व्यापारीले सघाउने बताइन ।
अरु व्यापारीले पनि करबृद्धिका कारण व्यापारी टिक्न नसकेको भन्दै लगानी मैत्री बातावरण बनाउन आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्