२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


माओवादीबाट जवाफदेहिता खोज्नु प्रतिक्रान्तिकारी कुरा हो : पूर्वमन्त्री बाँस्कोटा


299
Shares

काठमाडौं । नेकपा (एमाले)का पोलिब्यूरो सदस्य गोकुल बाँस्कोटाले माओवादी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने टिप्पणी गर्नुभएको छ ।

शुक्रबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले अर्थमन्त्रीले आफू राजीनामा दिनुको साटो गनर्भर निलम्बन गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो ।

बाँस्कोटाले माओवादीबाट जवाफदेहित नपाइने व्यङ्ग्य गर्दै लेख्नुभएको छ, ‘माओवादीबाट जवाफदेहिता खोज्नु नै प्रतिक्रान्तिकारी कुरा हो ।’

शुक्रबार मन्त्री शर्माले अर्थतन्त्रमा विचलन ल्याएको र राष्ट्र बैंकको गोप्य सूचना सार्वजनिक गरेको भन्दै निलम्बन गर्नुभएको थियो । गभर्नर निलम्बनका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।