२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


ग्लोबल आइएमई बैंकको मिथिला चित्रकला समेटेको भित्तेपात्रो सार्वजनिक


78
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमकाबीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो ।

भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरु राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोड्दै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँले मिथिला कलाकारहरुलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपाली माझ पुर्‍याउने उदेश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भितेपात्रो बनाइएको पनि स्पष्ट पार्नुभयो । पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले बताउनुभयो । उहाँले विदेशी मुद्रा नेपालमा भित्र्याउनको लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको दाबी समेत गर्नुभयो ।