
बर्दिया, चैत २ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा दुई महिला मृत अवस्थामा भेटिएका छन् ।
सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा आइतबार बिहान दुई महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ ।
प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका ५ बस्ने ७० वर्षीया मिश्री थारू र उनकी ४६ वर्षीया बुहारी फुलरानी थारूको शव फेला परेको हो ।
शनिबार आफन्तको घरबाट फर्किने क्रममा असिनासँगै परेको चट्याङ लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्