
web pic 
	    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटना पश्चात मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्