Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नेपाल–म्यानमार व्यापार प्रवद्र्धनमा जोड


0
Shares

काठमाडौं, साउन २४ । नेपाल–म्यानमार व्यापार प्रवद्र्धनमा जोड दिइएको छ ।

म्यानमारको व्यापारिक प्रतिनिधिमन्डल र नेपाल चेम्बर अफ कमर्सबीच भएको दुईपक्षीय छलफलकाक्रममा उक्त जोड दिइएको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि, पर्यटन र जलविद्युत्मा म्यानमारका लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरे ।

म्यानमारको व्यापारिक प्रतिनिधिमन्डलका प्रमुख यू को को लाटले नेपाल गोर्खा आर्मी, सगरमाथा र लुम्बिनीको माध्यमबाट संसारमै चर्चित रहेकाले नेपालमा व्यापार प्रवद्र्धनमात्र होइन, यहाँको बहुआयामिक संस्कृति र प्राकृतिक वातावरणबाट संसारले लाभ लिनसक्ने बताए ।