Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सनराइज बैंकका ग्राहकहरुलाई स्वास्थ्य परीक्षणमा २० प्रतिशतसम्म छुट


0
Shares

काठमाडौं, साउन २४ । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बिमा योजनाअन्तर्गत् देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ ।

जसअनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म विशेष छुट पाउने भएको जनाइएको छ ।

तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेभिट वा क्रेडिटकार्ड) देखाउनुपर्नेछ ।

साथै, बैंकले एक वर्षसम्मका लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको पनि जनाएको छ ।