Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


राष्ट्र बैंकका गभर्नर नेपाल आक्रोशित


0
Shares

काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक र व्यवसायीले परिस्थितिअनुरुप आफूअनुकूल कुरामात्रै गरिरहेको भन्दै सचेत गराएका छन् ।

समयअनुसार बैंकर र व्यवसायीले कुरा फेर्नेगरेको भन्दै यस्तो काम नगर्न उनले सचेत गराएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार राजधानीमा गरेको कार्यक्रममा गभर्नर नेपालले वित्तीय क्षेत्रले तरलताको संकट र अधिक तरलता दुवै अवस्था व्यहोरेको तर आफूअनुकूल कुरामात्र गरिरहेको जिकिर गरे ।

तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरे पनि व्यवसायीले नलगेको, बैंकरले पैसा धेरै भएर अर्थमन्त्रीलाईसमेत पैसा किन्दिन गुहारेको तर अहिले फेरि अभाव भयो भनेर गुनासोमात्र गरिरहनु चित्तबुझ्ने कुरा नभएको गभर्नरको टिप्पणी थियो ।

उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा पढे–बुझेका मान्छे हुन्छन् भनेर सोहीअनुसार गरेको व्यवहारलाई कमजोरी नठान्नसमेत सचेत गराए ।