काठमाडौं, साउन २४ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किने समस्या आइरहेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले साना जहाजमात्रै नेपाल ल्याउन अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीहरुलाई आग्रह गरेको छ ।
ठूला जहाज उडान र अवतरण गर्दा विमानस्थलको धावनमार्ग नै उप्किन थालेको भन्दै प्राधिरकणले साना जहाजमार्फत्मात्र उडान भर्न हवाई सेवा प्रदायकलाई आग्रह गरेको हो ।
प्राधिकरण, विमानस्थल र अन्तर्राष्ट्रिय वायुसेवा सन्चालक संघबीचको छलफलमा सकेसम्म साना जहाजमात्रै ल्याउन आग्रह गरिएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
धावनमार्ग पुनःनिर्माणका लागि यस्तो अनुरोध गरिएको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्