Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सुतेकै अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु


0
Shares

बैतडी, फागुन २७ । मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ ।

लुहारलाई मंगलबार बिहान ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने,  “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।” रासस 

Skip This