१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


चिनियाँ विदेशमन्त्री वाङ यि नेपाल आउने


351
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यि चैतकाे दाेस्रो हप्ता नेपाल भ्रमणमा आउनुहुने भएकाे छ ।

उहाँकाे भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्नुहुने भएकाे छ ।

भ्रमणका क्रममा बिआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।