काठमाडौं, साउन २४ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकवर्गहरुलाई अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्देश्यले बैकिङ सेवा ‘बीओके स्मार्ट’ लाई परिमार्जित गरि थप सुविधा प्रदान गर्ने भएको छ ।
परिमार्जित गरिएको मोबाइल बंैकिङ सेवाद्वारा ग्राहकवर्गहरुले आफ्नो औंठाछापद्वारा सजिलै लगइन एवं कारोवार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ ।
यसका साथै ग्राहकहरुले ‘क्यूआर कोड’ मार्फत सजिलै रकमान्तर गर्न सकिने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिने, अकाउन्ट ड्यासबोर्ड मार्फत महिनाभरिको मौज्दातको विवरण हेर्न सकिने सुविधा उपभोग गर्न सक्ने जनाइएको छ ।
‘बीओके स्मार्ट’ को नयाँ संस्करणद्वारा ग्राहकहरुले बैंकको शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन पनि सक्नेछन् ।
ग्राहकहरुले गुगल प्ले स्टोरमा उपलब्ध ‘बीओके स्मार्ट’ को नयाँ संस्करणलाई अद्यावधिक गरि यो सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्