Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


नीति निर्माण र नेतृत्वको तहमा महिलाहरूलाई पुर्‍याउनुपर्छ : महिला मन्त्री रेग्मी


78
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरूलाई पु¥याउनुपर्ने बताउनुभयो ।

राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भएमात्र मुलुकको विकास हुने उहाँले उल्लेख गर्नुभयो । मन्त्री रेग्मीले अझै पनि घर–घरमा महिलामाथि कुनै नकुनै प्रकारको हिंसाका घटना भइरहेको भन्दै घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्ने बताउनुभयो ।

‘राज्यका संरचनामा, नीति निर्माण गर्ने ठाउँमा महिला र पुरुष बराबरी हैसियतमा पुग्छन्, अनि मात्रै मुलुकको विकास हुनसक्छ, अहिलेपनि कता–कता पितृसत्ता हाबी छ,’ उहाँले भन्नुभयो, ‘यद्यपि राजनीतिक दृष्टिकोणले प्रतिनिधित्वको हिसाबले गरेको उपलब्धी, उपलब्धी हो ।’

मन्त्री रेग्मीले महिलाहरूको आर्थिक जीवनस्तरमाथि उठाउनुपर्नेमा जोड दिनुभयो । पुरुष मानसिकतामा परिवर्तन नभएसम्म महिला हिंसा अन्त्य हुन असम्भव रहेकाले आगामी दिनमा महिला हिंसाविरुद्धको अभियानमा पुरुषलाई पनि सहभागी गराउनुपर्ने उहाँले बताउनुभयो । महिलाहरूलाई उद्यमशील बनाउनका लागि सरकारले कार्यक्रम सञ्चालन गर्ने पनि मन्त्री रेग्मीले बताउनुभयो ।