Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ


299
Shares

काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका–१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा–६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका–६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी–९ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् ।

पोखरा महानगरपालिका–६ लेकसाईडमा कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर मानव बेच–बिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।