काठमाडौं, साउन २३ । बुधबार पनि पुँजीबजारमा गिरावट आयो ।
यसदिन सेयरबजार परिसूचक नेप्से करिब १ अंकले ऋणात्मक रहेर ११ सय ८७ विन्दुमा थामियो ।
अघिल्ला तीन दिन पनि नेप्सेमा गिरावट आएको थियो ।
यसदिन होटल, जलविद्युत् र अन्य समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
जीवनबिमा समूह सबैभन्दा उच्च २२ अंकले झर्यो ।
यसदिन कारोबारमा पनि गिरावट आयो । १६२ कम्पनीका ४ लाख ७४ हजार कित्ता सेयर १४ करोड ९१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्